क्यान महासंघ काभ्रे शाखाद्धारा ICT DAY (MAY 2, 2023) को उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

 

कम्प्यूटर एशोसिएसन नेपाल महासंघ काभ्रे शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाईटि काभ्रेपलाञ्चोक बनेपा शाखाको सहकार्यमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा ‘सुरक्षित सूचना प्रविधि सुशान र समृद्धि’ भन्ने मुल नाराका साथ सामाजिक उत्तरदायित्वको भावनाले बनेपाको चारदोबाटोमा ४५ जना महानुभावहरुको उपस्थितीमा ३४ जना व्यक्तिहरुबाट रक्तदान कार्यक्रम बैशाख १६ गते शनिबारका सम्पन्न गरीयो ।
कार्यक्रममा क्यान महासंघ काभ्रे शाखाका अध्यक्ष राम चन्द्र न्यौपाने लगाएत बोर्डका पदाधिकारी ज्यूहरु, सदस्य ज्यूहरु लगाएत इच्छुक रक्तदाता ज्यूहरुबाट रक्तदान गर्नु भएको थियो । रक्तदान कार्यक्रमका संयोजक रुकेश राजभण्डारी ज्यूले रक्तदान कार्यक्रमको बारेमा प्रस्ट पार्नु हुँदै एक स्वस्थ्य व्यक्तिले प्रत्येक ३ महिनामा रक्तदान गर्न सकेमा आपूm पनि स्वस्थ रहने र आवश्यक व्यक्तिले पनि समय मै जिवन प्राप्त गर्न सकिने बारेमा विचार राख्नु भयो त्यसै गरि रेडक्रस सोसाईटिका प्रविधिक राधा ज्यूले १ जना व्यक्तिले दिएको रगतबाट ३ जना व्यत्तिको ज्यान जोगाउन सकिने जानकारी गराउँदै हामीले जनमानसमा रक्तदान गर्नु पर्ने जनचेतना बारे उजागर गर्नु भएको थियो ।

Back To Top