कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ काभ्रेको १८ औं साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न

मिति २०७९/०८/१७ गते शनिबार क्यान महासघं काभ्रे को १८ औ साधारण सभा तथा १० औ अधिवेशनमा अध्यक्षमा रामचन्द्र न्यौपाने , बरिष्ठ उपाध्यक्षमा श्रवण कुमार आचार्य, उपाध्यक्षमा दिपक सापकोटा, सचिवमा देवकी आचार्य , कोषाधक्ष्यमा केवल प्रसाद तिमल्सिना र सहसचिवमा रुकेश राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा ऋषिराम गौतम, रीता श्रेष्ठ, विवेक तिमल्सिना, श्याम गोपाल श्रेष्ठ, अवोध भुषण खोजु श्रेष्ठ ,उज्वल थापा मगर, प्रकाश पौडेल ,उमेश अधिकारी , निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बनेपा नगरपालिकालाई स्मार्ट फर्म बनाउने योजना रहेको बताउनु भयको थियो । अबका दिनमा काभ्रेमा रहेका युवाहरुलाई आइटि सम्बन्धी ज्ञान दिनका लागि क्यान महासंघले छिटो भन्दा छिटो अगाडि बढ्नु पर्ने बताए । प्रमुख शाक्यले क्यानमा आवद्ध १५२ जना सदस्यहरु सधै सक्रिए भएर अगाडि बढ्न सुझाव दिदै अहिले नेपालमा प्रविधि विकास तिव्र रुपमा अगाडि बढिरहेको बेला युवाहरुलाई आईटी सम्बन्धी ज्ञान दिन अत्यन्तै आवश्यक रहेको बताउनु भयको थियो । बिशिस्ट अतिथि क्यान महासंघ केन्द्रीय उपाध्यक्ष रंजित पोदार ज्यू ले देश भरि नै क्यान को सक्रियता मा डिजिटल माधेंम बाट देश मा सूचना प्रबिधि को बिकाश गर्नुपर्ने बताउनु भयको थियो भने अवको केन्द्रीय अध्यक्षमा उमेद्वारी दियको जानकारी पनि गराउनु भयको थियो ।
कार्यक्रममा नेपाल SEO कम्पनीका प्रमुख प्रकाश खतिवडाले डिजिटल मार्केटिङ भनेको के हो र यसको फाइदाका बारेमा जानकारी गराउनु भयको थियो । अतिथि क्यान महासंघ केन्द्रीय सचिब तथा क्यान काभ्रेका पूर्व अध्यक्ष शेखर नाथ दुलालले आफु केन्द्रमा भयता पनि क्यान काभ्रे को हरेक गतिबिधि मा सहभागी हुदै आयको र आगामी दिनमा पनि काभ्रे लाई सूचना प्रबिधि मा आगाडी बढाउन सधै तत्पर रहेको जानकारी गराउनु भयो । उपस्थित सम्पूर्ण लाई कार्यक्रम मा स्वागत ऋषि राम गौतम ज्युले गर्नु भयको थियो । भने क्यान महासंघ जिल्ला शाखा सचिव देवकी आचार्य ले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नु भयको थियो ।

 

 

Back To Top