क्यान काभ्रेको शुभकामना आदान प्रदान तथा क्यालिन्डर लोकार्पण कार्यक्रम सम्पन्न

 

क्यान महसंघ काभ्रे शाखाले नव वर्ष २०८० को शुभकामना आदाप्रदान तथा क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । क्यानका पुर्व अध्क्षय एबं सदस्यहरु, सुचना प्रविधि व्यवसायी, पत्रकार एबम् विभिन्न संघ संस्थाका प्रतिनिधि बिच एक कार्यक्रम गरेर कार्यक्रम बनेपामा सम्पन्न गरेको हो ।

कार्यक्रम काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई शुभकामना एबम् धन्यवाद मन्तव्य राख्दै प्रमुख अतिथी दीपक कुमार गौतमले क्यानका हरेक कार्यक्रम सुचना प्रविधिमय हुनुपर्ने र काभ्रेको १३ वटै पालिकामा सूचना प्रविधिका कार्यक्रम क्यान काभ्रे सँग मिलेर गर्न समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताए।

कार्यक्रममा क्यान महासंघका केन्द्रिय महासचिव चिरञ्जीवी अधिकारी, केन्द्रिय सचिव शेखरनाथ दुलाल र बुद्ध रत्न मान्धर, पत्रकार महासंघ काभ्रेका सभापति बद्री तिमल्सिना, क्यान बाग्मती प्रदेशका कोषाध्यक्ष बिकाश पन्त, एनप्याब्सनका अध्यक्ष अग्नि ज्ञवालीले शुभकामाना मन्तब्य राख्दै काभ्रे जिल्लाको सूचना प्रबिधिको बिकाश र विस्तारमा क्यान काभ्रेको भूमिका प्रशंसनीय रहेको र क्यान काभ्रेले भबिस्यमा गर्ने राम्रा कार्यकमलाई सहयोग रहने बताए ।

कार्यक्रमको संचालन सचिब देबकीआचार्य दुलालले, संयोजन कोषाध्यक्ष राजकुमार तिमल्सिना तथा अध्यक्षता क्यान काभ्रेका अध्यक्ष रामचन्द्र न्यौपानेले गरेका थिए ।

Back To Top