कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महांघ काभ्रे शाखाले काभ्रे जिल्लामा रहेर सूचना प्रविधिको व्यापार ब्यबसाय गरिरहेका भएका ब्यबसायी बीच आईसीटी बिजनेस मीट कार्यक्रम सफलतापुर्वक आयोजना गरेको छ ।
कार्यक्रमले आईसीटी उद्यमीहरूको प्रबर्धन, हकहित, नवीनतम प्रबिधिसंग आत्मसाथ निर्माण गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा अध्यक्षता क्यान काभ्रेका अध्यक्ष रामचन्द्र न्यौपानेले गरेका थिए । उनले आजको अबस्थामा आईसीटीको महत्व र यसले समग्र व्यवसाय र समाजलाई रूपान्तरण गर्ने सम्भावनाबारे आफ्नो धारणा व्यक्त गरे । उनले आईसीटी व्यवसाय प्रवर्द्धन गर्न र विकास र नवप्रवर्तनको लागि अनुकूल वातावरण सिर्जना गर्न क्यानको भूमिकामा पनि जोड दिए।
धेरै उद्यमी र व्यवसायीहरूले आईसीटी क्षेत्रका चुनौती र अवसरहरूको बारेमा आफ्ना अनुभव र दृस्टीकोण माथि छलफल गरेका थिए । क्यान काभ्रेका पुर्ब अध्यक्ष कैलाश पलान्चोकेले प्रतिस्पर्धी बजारमा टिकि रहन नवप्रवर्तन र सहकार्यको आवश्यकता रहेको बताए । कार्यक्रममा बनेपा र आसपासका करिब २५ भन्दा बढी ब्यापारीहरुको उपत्स्थिति थियो ।
आईसीटी बिजनेस मीटमा आईसीटी व्यवसायीहरू र उद्यमीहरूका लागि नेटवर्क विस्तार, साझा विचार र एकअर्काको अनुभब आदान प्रदान गरिएको थियो। कार्यक्रम क्यान काभ्रेले आफ्ना सस्थागत सदस्य तथा प्रायोजकहरुको सहयोगमा आयोजना गरेको हो । आयोजकले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै काभ्रे र बाहिरका आईसीटी क्षेत्रको विकास र प्रवर्द्धनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।