यस संस्थाको मिति २०७४/०४/१४ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रे शाखाको १३ औं साधारण सभा तथा ८ औं कार्यसमिति निर्वार्चन निम्न मिति, समय र स्थान मा हुने भएकोले उक्त सभामा उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ साथै यस सम्बन्धि पत्र सम्पूर्ण सदस्यहरुलाई मेल मार्फत प्रेसित गरिसकिएको छ | यदि पत्र प्राप्त गर्नुभएको छैन भने यसै सूचनालाई आधार मानि उक्त साधारण सभामा अनिवार्य उपस्थित भैदिनुहुन अनुरोध गरिन्छ |
छलफल हुने बुंदाहरु
• आ.ब. २०७३/७४ को संस्थको प्रगति प्रतिबेदन सम्बन्धमा |
• आ.ब. २०७३/७४ को संस्थाको को आर्थिक प्रतिबेदन सम्बन्धमा साथै आ व २०७४/७५ को अनुमानित बजेट सम्बन्धमा |
• आठौँ कार्यसमिति को निर्वाचन
• बिबिध
निर्वाचन कार्यतालिका
• भाद्र १ गते १० बजे मतदाता नामावली प्रकाशन, २ बजे सम्म दावि बिरोध तथा सच्याउने, २:३० बजे अन्तिम नामावली प्रकाशन, ३ बजे उमेदवारी दर्ता
• भाद्र २ गते १० देखि ११ बजे सम्म दावि बिरोध ४ बजे उमेदवारको अन्तिम नामावलि प्रकाशन
• भाद्र ३ गते १०:३० देखि १२ बजे सम्म साधारण सभा 1 बजे मतदान
कार्यक्रम
मिति : २०७४/०५/०३ गते शनिबार
स्थान : IT Park, काभ्रे
समय : बिहान ११:३० बजे
सम्पर्क : ९८५१२३३४१४, ९८५१०७१८९५,
सचिब
कम्पुटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रे शाखा