१२ औं साधारण सभा सम्बन्धि सूचना यस संस्थाको मिति २०७३/०५/१८ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार क्यान महासंघ काभ्रेको १२ औं साधारण सभा निम्न मिति, समय र स्थान मा हुने भएकोले उक्त सभामा उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ साथै यस सम्बन्धि पत्र सम्पूर्ण सदस्यहरुलाई मेल मार्फत प्रेसित गरिसकिएको छ | यदि पत्र प्राप्त गर्नुभएको छैन भने यसै सूचनालाई आधार मानि उक्त साधारण सभामा अनिवार्य उपस्थित भैदिनुहुन अनुरोध गरिन्छ |
छलफल हुने बुंदाहरु
- आ.ब. २०७२/७३ को संस्थको प्रगति प्रतिबेदन सम्बन्धमा |
- आ.ब. २०७२/७३ को संस्थाको को आर्थिक प्रतिबेदन सम्बन्धमा साथै आ व २०७३/७४ को अनुमानित
बजेट सम्बन्धमा | - आ.ब. २०७३/७४ को बार्षिक कार्य योजना तर्जुमा
- बिभिद
कार्यक्रम
मिति : २०७३/०६/१६ गते आइतबार
स्थान : IT Park, काभ्रे
समय : बिहान ११ बजे
सम्पर्क : ९८५१२३३४१४, ९८५१०७१८९५,
सचिब
क्यान फेडरेसन, काभ्रे