क्यान महासंघ काभ्रेद्धारा जिल्लका दुर्गम डांडापारीमा कम्प्यूटर वितरण

pc-handoverकम्प्युटर एशोसियसन अफ् नेपाल (क्यान) महासंघ काभ्रेले मिति २०७२ चैत्र २ गते एक कार्यक्रमका विच जिल्लाको अति दुर्गम मिल्चे गा. वि.स स्थित बुद्ध मा वि लाई कम्प्युटर हस्तान्तरण गरेको छ । समाजसेवि एवं व्यवसायी जिवनाथ श्रेष्ठको सहयोगमा संकलति कम्प्यूटर उक्त बिध्यालयका ब्यवस्थापन समिती अध्यक्ष जगत तामाङ लाइ क्यानकाभ्रेका अध्यक्ष नवराज भुर्तेल र जिवनाथ श्रेष्ठले संयूक्त रुपमा हसान्तरण गर्नु भएको हो ।
सूचना तथा संचार प्रविधिको विकास, विस्तार र ग्रामीण भेगसम्म यसको पहुँच पु¥याउने कार्यको लागि यस क्षेत्रमा कार्यरत व्यवसायि, व्यक्ति तथा संस्थाहरुको छाता संगठन कम्प्ययुटर एशोसियसन अफ् नेपाल (क्यान) महासंघ काभ्रेको स्थापना वि.सं. २०६० सालमा भएको हो ।सूचना तथा संचार प्रविधिमा क्यान महासंघको भूमिका तथा वर्तमान विश्वमा विकास भएका सूचना तथा संचार प्रविधिका नविनतम प्रविधिहरुको बारेमा जानकारी दिदै अध्यक्ष नवराज भूर्तेलले जिल्लामा जिल्ला विकास समितिले पहिलेनै ४० वटा गाविसलाई कम्प्युटर वितरण गरिसके पनि त्यसको प्रभावकारिता नदेखिएको तीतो अनुभव सुनाउँदै ई–भिलेज कार्यक्रम संचालन भएका निर्वाचन क्षेत्र नं.२ का ५ वटा गाविसहरु पातलेखेत, काभ्रे, शारदाबतासे, शंखु र मथुरापाटी फूलबारी गाविस मा तत्कालीन सभासद अक्कल बहादुर थिङको सहयोग र क्यानको पहलमा धेरै नै गर्न खोजिएको तर स्थानीयको चासो र निरन्तरताका महत्वमा नपरेका कारण त्यती प्रभावकारी रहन नसकेको दुखेसो ब्यक्त गर्दै नति निर्माण तहमा रहँदा तत्कालिन सभासद कृष्ण प्रसाद सापकोटाले काभ्रे निर्वाचन क्षेत्र नं.४ का ७ वटा गाविसहरु जैसीथोक, जैसीथोक,चण्डेनी, ज्याम्दि, माहादेवस्थान, नयाँ गाउँ देउपुर, गैरीविसौना देउपुर, बालुवापटी देउपुर स्थित बिध्यालयहरुलाई ईन्टरनेट सहित कम्प्युटर बितरण कार्यमा क्यान काभ्रेलाई सहयोग गर्नु भएको विषयको स्मरण गर्दै हाल त्यस क्षेत्र भूकम्पको अति प्रभावित क्षेत्रमा परेको र सबै सुचना प्रविधि सम्वन्धि उपकरणहरु ध्वस्त भएकाले पूर्नस्थापनाका लागि पहल गरीदिन स्मबन्धित निकायको ध्यान आर्कर्षण हुन पर्नेमा समेत जोड दिनुभएको थियो । हाल एक कार्यक्रममा निर्वाचन क्षेत्र नं.२ का संसद रामहरी सुवेदिले सुचना प्रविधिको विकासमा आफुले संसद बिकास कोषबाट प्रप्त गर्ने बजेट मध्ये कम्तीमा १५% बजेट प्रयोग गर्दै आफ्नो कार्यकालमा कम्तीमा जल्लिाका पाँचवटै नगरपालीका र क्षेत्र नं.२ अन्र्तगतका गाविस हरुमा रहेका सरकारी विध्यालयमा अडियो भिडियो बाट पठनपाठनका लागि आवश्यक उपकरणहरु उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे सँगै क्यान काभ्रे लाई हौसला बढेको बताउँदै अध्यक्ष ले अगाडि भन्नु भयो देश विकासको मेरुदण्ड नै सूचना प्रविधि भएको आजको बैज्ञानिक एवं सूचनाको युगमा सूचना प्रविधिलाई नयाँ नेपाल निर्माणको साधनको रुपमा प्रयोग गर्न सकेमा नयाँ नेपाल निर्माणको परिकल्पना साकार हन्छ । हाम्रो जस्तो गाउँ नै गाउँले भरीएको देशमा विकास तब संभब हुन्छ जब ग्रामिण तहका जनताको जीवन स्तर र शिक्षाको गुण्स्तरमा विकास हुन्छ त्यसका लागि ग्रामिण समुदायको शिक्षको मुख्य श्रोतका रुपमा रहेको सामुदायीक बिद्यालय र त्यसमा अध्यापनरत शिक्षकको शिक्षण सिकाइ क्रियाकलापमा क्ष्लायचmबतष्यल त्भअजलययिनथ को प्रयोगको आवस्यक्ता र महत्व लाई उक्त सामुदायीक तथा सरकारी विद्यालयसम्म पूर्याउन सकेमात्र शैक्षिक सुधारहन सक्ने र यसका लागि कम्प्युटर एशोसियसन अफ् नेपाल (क्यान) माहासंघ काभे्र निरन्तर लागि रहेने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

Back To Top