Category Archives: Uncategorized

  • 0

नयाँ सदस्यता तथा नबिकरण सम्बन्धि सूचना

Category : Uncategorized

यस संस्थामा आबद्ध आजीवन सदस्य बाहेकका सम्पूर्ण व्यक्तिगत, संथागत तथा बिसयगत नबिकरण हुन बाकि सदस्यहरुले २०७४ असार २९ गते बिहिबार सम्म मा आफ्नो सदस्यता नबिकरण गराई सक्नु पर्ने व्योहोरा जानकारी गराउदछु | साथै नया सदस्यता लिन इच्छुक व्यक्ति तथा संघ संस्थाहरुले यस संस्थाले तोकेको ढाचामा फर्म भरि आवसेक प्रमाणपत्रहरुको साथमा फर्म बुझाउनु हुन आनुरोध छ |
सचिब
सम्पर्क  नं : ९८५१२-३३-४१४
इमेल : info@cankavre.org.np, cankavre@gmail.com

  • 0

१२ औ साधारणसभा स्थगित गरिएको सूचना

Category : Uncategorized

यस संस्थाको मिति २०७३/०६/१६ गतेको लागि निर्धारण गरियको १२ औ साधारणसभा बिशेस कारणबस अर्को सुचना प्रकासित नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ |

सचिब
क्यान फेडेरेसन काभ्रे


  • 0

President’s Message

Category : Uncategorized

nawaraj_bhurtelसूचना सञ्चार र प्रविधिको विकासको क्षेत्रमा अग्रणी एवं उद्यमशील युवाहरुको साझा संस्था कम्प्यूटर एशोसियशन अफ नेपाल क्यान महासंघ काभ्रेले आफ्नो सुरुवातको वर्षदेखि नै सामाजका विभिन्न क्षेत्रहरुमा सूचना प्रवधिको प्रयोगले ल्याउने परीवर्तनका बिषयमा बहस गर्दै आएको छ । देश विकासको मेरुदण्ड नै सूचना प्रविधि भएको आजको युगमा सूचना प्रविधिलाई नयाँ नेपाल निर्माणको साधनको रुपमा प्रयोग गर्न सकेमा नयाँ नेपाल निर्माणको परिकल्पना साकार हन्छ भन्ने अवधारण सहित समाज परिवर्तनका खातिर शिक्षा, स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा सकरात्मक गतिविधिहरु गर्दै  स्थानीय संघसंस्था, समुदाय, शैक्षिक तथा व्यापारिक प्रतिष्ठानको सहयात्रीको रुपमा आफुलाई प्रस्तुत गर्दै अगाडी बढिरहेको यस संस्थाले मानव जीवनमा सूचना र प्रविधिको प्रयोगले पारेका प्रभावहरुका विषयहरुलाइ समेट्दै विश्व जगतमा प्रविधिको विकासले ल्याएका परीवर्तनहरुलाइ सीप मूलक, जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको व्यहोरा अवगत गराउन चाहन्छौँ ।

ICT को प्रयोगद्वारा जनताको जीवनस्तर उकास्न सकिने र गरिबी निवारणको राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सकिने कुरा विकसित राष्ट्रहरुबाट शिक्षा लिन सकिन्छ । यस सन्दर्भमा यस जिल्लाका ग्रामिण भेगहरुमा ICT को उपयोगलाई एउटा नमुना कार्यक्रम Pilot Project on E-Village को रुपमा प्रस्तुत गरी गरिबी निवारणको राष्ट्रिय लक्ष्यमा टेवा दिन सकिनेछ । आजको विश्व Global Family को अवधारणा सहित अगाडि बढिरहेको यथार्थमा हाम्रो जस्तो मूलुकमा सूचना सञ्चार र प्रविधिको क्षेत्रमा नविनतम प्रविधि निर्माण भन्दा पनि बनेका प्रविधिीहरुको सहि प्रयोग नै चुनौति छ । यस किसिमको ज्ञान विस्तारमा आफुले हासिल गरेका जानकारीहरु आम जनमानस सम्म पुर्याउनु क्यान महासंघ काभ्रेको प्रमुख लक्ष्य रहने छ ।

जनस्तरको  ICT क्षेत्रमा एउटा मात्र  साझा संगठनका रुपमा कार्यरत विशुद्ध सामाजिक  संस्था क्यान काभ्रे प्रविधिको विकासले मात्र दिगो विकास संभव छ भन्ने दृढ विश्वास सहित  सम्वन्धित निकायलाई शैक्षिक अध्यानमा कम्प्यूटरको अनिवार्यता शैक्षिक विधिमा Audio Video/ e-library समावेश गर्न र कार्यालयलाई paper less प्रसाशन का मध्यमबाट स्वच्छ सरल र पारदर्शी बनाउन उत्प्रेरकको रुपमा स्थापित गर्न चहान्छ ।  भौगोलिक विकटता र सडक विकासमा असाध्यै कठिन रहेर पछाडि परेको हाम्रो जस्तो मूलुकमा प्रविधिको प्रयोग शिक्षा स्वास्थ्य र कृषिमा गर्न सकन्छि भन्ने अभ्यासात्मक उदाहरणहरु प्रस्तुत गरीरहेको CAN ले आगामी दिनमा सरकारी निकायको सहयोग रहेमा  सूचना प्रविधि मार्फत राष्ट्र परिवर्तनका लागि मा आफ्नो उपस्थिति उल्लेखनीय रहने विश्वाश दिलाउन चान्छौं ।


  • 0

Welcome to CAN Federation Kavre

Category : Uncategorized

Welcome to CAN Federation, Kavre. Computer Association of Nepal (CAN), Kavre, Located in the district of IT PARK was established in April 2003 (Baisakh 2060 B.S.) as an autonomous, non political, non-profitable, non partisan and service oriented organization. CAN Kavre is an umbrella Organization of the individuals, professionals, organizations and Institutions working in the field of Information and Communication Technology around Kavrepalanchowk and neighboring districts Sindhupalchok, Ramechhap, Sindhuli, Dolakha and others. CAN KAVRE is associated with Computer Association of Nepal (CAN) which has been formed with the involvement of professionals, specialists, manufacturers, institutions and the related organization of Computer and Information Technology within the country